पश्चिम नवलपरासीमा बस र टिपर ठोक्किएर दुर्घटना हुँदा १७ जना घाईते

पश्चिम नवलपरासीमा बस र टिपर ठोक्किएर दुर्घटना हुँदा १७ जना घाईते

  • शुक्रबार, माघ १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

गएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका-४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु।२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र देवदह मेडिकल कलेज रुपन्देहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसमा सवार ३५ जनामध्ये १७ जना घाइते भएका हुन्। बाँकी यात्रु सकुशल छन्। दुर्घटनापछि टिपर चालक सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ