काठमाण्डौँ । यू -१९ विश्वकप क्रिकेटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । दक्षिण अफ्रीकामा जारी प्रतियोगीतामा भारत बिरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको खेल मात्र हुनेछ ।
पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल सुपर सिक्सबाटै बाहिरीसकेको छ ।
समुह चरणमा अफगानिस्तानलाई हराएर नेपाल सुपर सिक्समा पुगेको थियो । समुह चरणमा पाकिस्तान र न्यूजील्याण्डसँग पराजित नेपालले भारतलाई पराजित गर्र्न सहज छैन । भारत डिफेन्डिगं च्याम्पियन हो । आज नेपाल र भारतको खेल पौने २ बजेपछि शुरु हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline