काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी पक्राउ परेका छन्। सिआईबीले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको हो।
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीसँगै अजितनारायण थापालाई पनि पक्राउ गरिएको छ।
थापालाई प्रहरीले बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले अरुणलाई पक्राउ गरेपछि थापालाई पनि हिरासतमा लिएको हो।
अरुण चौधरी सीजी होल्डिङ्सका चेयर म्यान हुन्। उता अजितनारायण बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष थिए।
सिआईबीले अनुसन्धान गरिरहेको यो मुद्धा अख्तियारमा पनि चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline