काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन सकिएको छ ।
छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । चेकजाँच गर्ने प्रहरी जवान सँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेको थियो । प्रहरी अधिकृतहरु छायाँलालले सुरुमा चेकजाँचमा संलग्न प्रहरी जवान रवि रन्जन गुप्तालाई आक्रमण गरेको बताउँछन् ।
घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) संजय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline