साउदी अरबलाई हराउदै दक्षिण कोरीया एएफसी एसियन कपको क्वार्टरफाईनलमा

साउदी अरबलाई हराउदै दक्षिण कोरीया एएफसी एसियन कपको क्वार्टरफाईनलमा

  • बुधबार, माघ १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

एएफसी एसियन कपमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा साउदी अरेबियालाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गरेर कोरिया अन्तिम आठमा पुगेको हो। त्यसअघि निर्धारित र एक्स्ट्रा समयको खेल १-१ गोलको बराबरीमा सकियो।

४६ मिनेटमा अब्दुल्लाह रादिफले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए। तर कोरियाका चो गुइ सङले दोस्रो हाफको इन्जुरी समयको नवौं मिनेटमा बराबरी गोल फर्काउन सफल भए।

पेनाल्टी सुटआउटमा साउदीका लागि तेस्रो पेनाल्टी हानेका समी अल र चौथो पेनाल्टी हानेका घरिब असफल भएका थिए। यता अर्को खेलमा थाइल्यान्डलाई २-१ ले हराएर उज्वेकिस्तान पनि अन्तिम आठमा पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ