नाबालक छोराको हत्या गर्ने सौतेली, आमा ‘चाकुरी’ सत्र बर्षमा प्रहरी फन्दामा

नाबालक छोराको हत्या गर्ने सौतेली, आमा ‘चाकुरी’ सत्र बर्षमा प्रहरी फन्दामा

  • सोमवार, माघ १५, २०८०
  • डम्मर दत्त भट्ट

  • 4.5K
    SHARES

कञ्चनपुर, माघ १५ । कञ्चनपुर जिल्लाको पश्चिमी क्षेत्रमा रहेको दोधाराचाँदनी नगरपालिकाबाट ज्यान मुद्दामा फरार एक अभियुक्त पक्राउ परेका छन । झण्डै डेढ दशक अघि नाबालक छोराको हत्या अभियोगमा फरार अभियुक्त पक्राउ परेका हुन ।

आफ्नै सोतैला नाबालक छोराको हत्या गर्ने आमा पक्राउ परेको कञ्चनपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले ११ बर्षिया राजन रोकाया नाबालक हत्यामा भागेका अभियुक्त सौतेली आमा देवी चाकुरी देवी रोकाया पक्राउ परेको बताए ।

प्रवक्ता डाँगीका अनुसार १६ जेठ ०६३ सालमा सितादेवी रोकायाका नाबालक ११ बर्षिया छोरा राजन रोकायाको धारिलो हतियार प्रहार गरि भागेकी दोधाराचाँदनी नपा १० की चाकुरी डेढ दशकपछि प्रहरी फन्दामा परेकी हुन ।

प्रवक्ता डाँगीका अनुसार सोही मितिदेखि फरार रहेकी चाकुरी पक्राउका लागि अदालतबाट अनुमती लिएर पक्राउ गरेर कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको बताए । सौतेनी आमाको हातबाट मृत्युबरण गरेका नाबालकको हत्यामा ढिलै भएपनि अभियुक्त पक्राउ गरेपछि मृतक परिवारले न्याय पाउने अपेक्षा गरिएको छ । नाबालक राजनका बाबुले दोस्रो विवाह गरेर भित्र्राएपछि जेठी श्रीमतीबाट जन्मिएका छोराको सौतेली आमाले हत्या गरेर भागेकी थिईन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी