प्रज्ञा–प्रतिष्ठानमा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया

प्रज्ञा–प्रतिष्ठानमा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया

  • सोमवार, माघ १५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

काठमाडौँ, १५ माघ : नेपाल प्रज्ञा–प्रतिष्ठान, अरनिको समाज र विश्व चीनशास्त्र केन्द्र (पेइचिङ)ले आइतबार संयुक्तरूपमा ‘चिनियाँ साहित्यकारको स्वागत तथा नेपाल–चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ‘चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्था’का उपाध्यक्ष चाउ यान्पियाउको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले उक्त अन्तक्र्रियामा भाग लिएको थियोे । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले अनुवादको माध्यमबाट मात्रै कुनै पनि देशको भाषा, साहित्य, संस्कृति र भूगोललाई बुझ्न सकिने भएकाले चिनियाँ साहित्यलाई नेपाली भाषामा तथा नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वव्यापी प्रभावबाट नेपाली साहित्यजस्तै चिनियाँ साहित्य पनि प्रभावित भएको बताउनुभयो । नेपाली साहित्य र चिनियाँ साहित्यको प्रवृत्ति कतिपय मिल्दोजुल्दो रहेको कुलपति राईको भनाइ थियोे ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले चिनियाँ साहित्यबारे आफू परिचित भएको बताउनुभयोे । तत्कालीन चिनियाँ समाजको विकृति र विसङ्गतिबारे व्यङ्ग्यात्मक ढङ्गले चीनका महान् साहित्यकार लुसुनको लेखनबाट आफू प्रभावित भएको उहाँले चर्चा गर्नुभयोे ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले कविताबाट नेपाली साहित्यबारे चर्चा गर्नुभयोे । नेपाली साहित्य वीरधारा, भक्तिधारा, ऋङ्गारधारा र आधुनिक धारासम्म आइपुगेको उहाँले बताउनुभयोे । नेपालमा गणतन्त्र आएपछि भौगोलिक, सांस्कृतिक र जातीय पहिचानको महत्वलाई आत्मसात् गरेर नवीनतम् साहित्य सिर्जना हुने गरेको सदस्य सचिव सुवेदीको भनाइ थियो ।

प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेत, डा कौशिला रिसाल, अमर न्यौपाने, त्रैलोक्यमान बनेपाली ‘अगिव’, हंसावती कुर्मी र प्राज्ञसभा सदस्य डा बालाकृष्ण अधिकारीले अन्तक्र्रियामा आ–आफ्नो धारणा राख्नुभयो ।

नेपाली र चिनियाँ साहित्यकारबीच दोभासे तथा सहजीकरणको भूमिका निर्वाह गर्नुभएका अरनिको समाजका प्रथम उपाध्यक्ष डा सर्वोत्तम श्रेष्ठले अनुवादका माध्यमबाट मात्र सम्बन्धित भाषासँग जोडिएको देश, साहित्य, संस्कृति र समाजलाई बुझ्न सकिने बताउनुभयो ।

चिनियाँ प्रतिनिधिमण्डलका नेतृत्वकर्ता तथा चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका उपाध्यक्ष चाउ यान्पियाउले चीन सरकारद्वारा अनुदानप्राप्त स्मारक र भौतिक पूर्वाधारको अवलोकनका साथै नेपाली भाषा, साहित्य र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त भएको बताउनुभयोे । उहाँले कतिपय साहित्यकार साहित्य सिर्जनाको माध्यमबाट चीनमा पनि आत्मनिर्भर हुने अवस्था नरहेको उल्लेख गर्दै चिनियाँ साहित्यको प्रवृत्ति र लेखन परम्पराबारे प्रष्ट पार्दै नेपाली साहित्यिक कृतिलाई चिनियाँ भाषा र चिनियाँ भाषाका साहित्यिक कृतिलाई नेपाली भाषामा अनुवाद गर्न एकापसमा तत्पर रहनुपर्ने बताउनुभयो । उहाँले नेपाल र चीन जोड्ने सिल्करोड अर्थात् रेसमी मार्ग अङ्कित मायाको चिह्न कुलपति राईलाई उपहारस्वरूप प्रदान गर्दै आफ्नो ‘रेसमी साहित्यिक यात्रा’ नेपालबाट सुरु भएको बताउनुभयोे ।

प्रतिनिधिमण्डलमा सहभागी चीन अल्पसङ्ख्यक जातीय साहित्य अध्ययन संस्थाका सदस्य हान् यामेइ, चीन लेखक सङ्घका सदस्य नीङ् यान्ता, चीन लेखन अध्ययन संस्थाका सदस्य लेउ चिएच्थ्वीन्, चीन लेखक सङ्घका सदस्य छियौ स्युलि, चीन रिपोर्ताज अध्ययन संस्थाका सदस्य ची सुहुवा, पेइचिङ पुस्तक व्यवसायी तथा स्क्रिप्ट लेखक व्हा सियाउख र पेइचिङ् हान्थ्विन कम्पनीका उपमहाव्यवस्थापक चाङ् चियान्फिङ्ले ‘नेपाल–चीन साहित्यिक अन्तक्र्रिया’ कार्यक्रममा आ–आफ्नो धारणा राख्नुभएको थियोे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी