आइसिसी यू–१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ। दिउँसो पौने दुई बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ।
सुपर(६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ। यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए।
आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन्। दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन्।
आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
नेपालले दुई महिनाअघि अफगानिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल पराजित भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline