आजदेखि श्री स्वस्थानीको व्रत शुरु

आजदेखि श्री स्वस्थानीको व्रत शुरु

  • बिहिबार, माघ ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, ११ माघ । एक महिने श्री स्वस्थानीको व्रत आजदेखि शुरु गरिँदैछ । पौष शुक्ल पूर्णिमाका दिन शुरु गरिने श्रीस्वस्थानीको व्रत नेपाली हिन्दु समुदायले बिहीबारबाट शुरु गर्दैछन् ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको कथा साँझपख वाचन गर्ने र सुन्ने परम्परा छ । विधिपूर्वक व्रत बस्नेले नुहाएर दिउँसो महादेव र स्वस्थानी परमेश्वरीको पूजा गर्दछन् ।

व्रत समाप्तीका दिन भने विशेष पूजा गरेर १०८ वटा प्रसादहरु  फूल, अक्षता, फलफूल नैवेद्य, पान, जनै, सुपारी आदि  चढाउने गरिन्छ । स्वस्थानी अवधिभर गुह्येश्वरी, गौरीघाट, गोकर्ण, साँखको शालीनदीलगायतका स्थानमा व्रतालु तथा दर्शनार्थिको घुइँचो लाग्दछ ।

श्री स्वस्थानीको कथामा ३१ अध्याय रहेका छन् भने स्वस्थानी कथा नेपाली भाषामा पनि पाइन्छ । विधिपूर्वक श्री स्वस्थानीको व्रत गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वास छ । पुरानो स्वस्थानीमा भने २२ वटा अध्ययाय मात्रै रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ