आईसीसी यू -१९ विश्वकप पाकिस्तानसँग पराजित भएसँगै नेपाल समुह चरणबाटै बाहिरियो

आईसीसी यू -१९ विश्वकप पाकिस्तानसँग पराजित भएसँगै नेपाल समुह चरणबाटै बाहिरियो

  • बुधबार, माघ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

आईसीसी यू १९ विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। इष्ट लन्डनको वुफेलो पार्कमा भएको खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो। नेपाल पहिलो खेलमा न्यूजील्याण्डसँग पराजित भएको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

नेपालले दिएको १ सय ९८ रनको मध्यम लक्ष्य पाकिस्तानले १४ बल अगावै ५ विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानविरुद्ध नेपालका आकाश चन्दले तीन विकेट लिएपनि टिमले सफलता हात पार्न सकेन ।

पहिलो विकेटका लागि श्यामल हुसैन र सहजैब खानले ८० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए। तर २२ औं ओभरको दोस्रो बलमा श्यामललाई क्याच आउट गराउँदै साझेदारी तोडेका थिए। सोही ओभरको चौथो बलमा आकाशले सहजैब खानलाई पनि पेभेलियनको बाटो देखाए।

हुसैनले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएर आउट भए। ७० बलमा ३ चौका र १ छक्का हानेका खान पनि क्याच आउट भए।

आकाशले नै अराफत मिनहासलाई ८ रनमा नै क्याच आउट गराए। कप्तान साद वैज शुन्य रनमा आउट भए। दिपेशले अहमद हुसैनलाई २९ रनमा पेभेलियनको बाटो देखाए।
दिपेश कँडेल र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे।

अजान अवाइस ६८ र हरोन अर्सद १५ रनमा नटआउट रहे। अवाइसले ८२ बलमा ६ चौका हाने।

त्यसअघि इष्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा १ सय ९७ रनको योगफल तयार पारेको थियो। नेपालले २५ रन अतिरिक्त पाएको थियो।

आकाश चन्द रन १६ रनमा नटआउट रहे। आकाशले ११ बलमा १ चौका र १ छक्का प्रहार गरे।

ओपनर विपिन रावलले बनाएको ३९ रन नै नेपालका लागि सर्वाधिक रह्यो। ६८ बलमा ४ चौका र १ छक्का मद्धतमा ३९ रन बनाउँदा विपिन अहमद हुसैनको बलमा बोल्ड आउट भए।

दिपक डुम्रे २६ रन थप्दै पवेलियन फर्के। सुवास भण्डारी २० रनमा क्याच आउट भए।

कप्तान देव खनाल २३ रन बनाउँदा क्याच आउट भए। ३७ बलमा ३ चौका हानेका देव लामो सट खेल्ने धुनमा हुँदा अलि अस्फाँदको बलमा क्याच आउट भए।

दिपेश कँडेल १३ रनमा बोल्ड आउट भए। ओपनर अर्जुन कुमाल ६ रन बनाएर पवेलियन फर्के। पाचौं ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए।

सातौं ओभरको पाँचौ बलमा आकाश त्रिपाठी ६ रनमा नै क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैन कै बलमा क्याच आउट हुन पुगे।

उत्तम मगर ४ रन बनाउँदा अरफत मिनहासको बलमा अलि अस्फन्दको हातबाट क्याच आउट भए। ४७ बलमा १० रन बनाएका गुल्सन लामो सट खेल्ने प्रयासमा क्याच आउट भए।
पािकस्तानविरुद्ध मध्यक्रमका ब्याटर चल्न सकेनन्। पावर प्लेमा नेपालले २ विकेट गुमाएर ५५ रन बनाएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ