पाकिस्तान बिरुद्ध नेपालले दियो १९८ रनको चूनौती

पाकिस्तान बिरुद्ध नेपालले दियो १९८ रनको चूनौती

  • बुधबार, माघ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

आइसिसी यू–१९ विश्वकप २०२४ को समूहको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट हुनुअघि १९७ रन जोड्यो। नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ रन बनाए।

लगातार विकेट गुमाएको नेपालको सुरुवात राम्रो हुन सकेन। ओपनिङ ब्याटर अर्जुन कुमाल ४.२ ओभरमा ६ रन बनाएर आउट भए। अर्जुनले न्युजिल्यान्डविरुद्धको अघिल्लो खेलमा ९० रन जोडेका थिए।

अर्जुन आउट भएको दुई ओभरपछि आकास त्रिपाठी ६ रनमै क्याच आउट भए। कप्तान देव खनाल २३ रन जोडेर आउट भएका थिए।

उत्तम मगरले पनि ४ रनभन्दा बढी जोड्न सकेनन्। ओपनिङ ब्याटर विपिन पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका थिए।

गुलसन झाले १८ रन मात्र बनाउन सके। यस्तै दिपेश कँडेल १३ रन र दीपक डुम्रे २६ रनमा आउट भए। अन्तिम एक बल बाँकी छदा आउट भएका सुवास भण्डारीले २४ बलमा २० रन जोडे। आकास चन्दले ११ बलमा नटआउट १६ रन जोडे।

बलिङमा पाकिस्तानका अराफत मिनहासले ३ विकेट लिए भने उबेद साह र अहमेद हुसेनले २–२ विकेट लिन सफल भए।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले अफ्गानिस्तानलाई हराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ