भ्रष्टाचार मुद्दामा टेलिकमका प्रवन्ध निर्देशक र सेक्युरीटी प्रिन्टिङका निर्देशक पौडेलद्धय पक्राउ

भ्रष्टाचार मुद्दामा टेलिकमका प्रवन्ध निर्देशक र सेक्युरीटी प्रिन्टिङका निर्देशक पौडेलद्धय पक्राउ

  • बुधबार, माघ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दामा पक्राउ गरेको छ।

अख्तियारले दुवैजनालाई बुधबार उनीहरूको निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो। उनीहरू दुवैजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान भइरहेको छ।

भ्रष्टाचारसम्बन्धी मुद्दाको अनुसन्धानका लागि बयानमा बोलाउँदा दुवैजनाले अख्तियारमा उपस्थित हुन अटेरी गरेको एक अधिकारीले बताए।

त्यसपछि उनीहरू दुवैजनाको निवासमा पुगेर छापा हानेको अख्तियारले पक्राउ गरी हिरासतमा लिएको हो। उनीहरूविरुद्ध अख्तियारले यसअघि नै भ्रष्टाचार मुद्दा चलाइसकेको छ।

भ्रष्टाचार मुद्दामा तानिएका दुवैजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनबारे अर्को उजुरी दर्ता भएको थियो। उजुरीबारे बयानमा बोलाउँदा अटेरी गरेर बसेपछि पक्राउ गरिएको अख्तियार स्रोतको भनाई छ ।

अख्तियारले सुनिल पौडेलसहित विरुद्ध २०८० असोज १५ गते २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा चलाएको थियो।

त्यसबेला अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरू निमबहादुर वली र रामबहादुर बुढाविरुद्ध पनि मुद्दा चलाएको थियो।

अख्तियारले कम्प्युटर इन्जिनियर रामशरण गायक, अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीविरुद्ध पनि मुद्दा दायर गरेको थियो।

सेक्युरीटी प्रिन्टिङ प्रेसका निर्देशक विकल पौडेलविरुद्ध ७० करोड रुपैँया विगो मागदाबीसहित अख्तियारले गत वैशाखमा भ्रष्टाचार मुद्दा चलाएको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ