यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै

यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै

  • बुधबार, माघ १०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

आईसीसी यू–१९ विश्वकप अन्तर्गत बुधबार नेपालले पाकिस्तानसँग खेल्दैछ । इस्ट लन्डनको बफेलो पार्कमा हुने खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ। समुह डी को आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको हार बेहोरेका कारण सुपर सिक्समा पुग्न आज पाकिस्तानलाई हराउनै पर्ने दबाबमा छ । तर बलियो टोली पाकिस्तानलाई हराउन सहज भने छैन ।

पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको पाकिस्तान बलियो टोली हो ।

ओपनर अर्जुन कुमाल क्रिजमा टिकेर खेल्न सक्ने क्षमता राख्छन्। उनले न्युजील्याण्ड बिरुद्ध ९० रनको स्कोर खडा गरेका थिए ।

उमेर समूहमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म ६ खेलमा भेट भएको छ। ती भेटमा नेपालले एक खेलमा मात्र जित निकालेको छ।

नेपालले सन् २००२ मा भएको यू–१९ विश्वकपमा पाकिस्तानलाई ३० रनले हराएको थियो। त्यो नै पाकिस्तानविरुद्धको नेपालको पहिलो जित हो। त्यसयता नेपालले पाकिस्तानलाई हराउन सकेको छैन।

पाकिस्तानविरुद्ध नेपाल ४ खेलमा पराजित हुँदा १ खेल नतिजाविहीन भएको थियो। यू–१९ विश्वकपमा भने नेपाल र पाकिस्तान ३ पटक भिडेका छन्।

सन् २००० मा नेपाल र पाकिस्तान पहिलो पटक आमनेसामने भएका थिए। तर खेल रद्द भएको थियो। सन् २००२ मा भएको दोस्रो भेटमा नेपाल विजय भएको थियो।

विश्वकपमा भने नेपाल र पाकिस्तान सन् २०१६ मा अन्तिम पटक भिडेका थिए। पाचौँ स्थानका लागि भएको खेलमा पाकिस्तानले नेपालमाथि १ सय २२ रनको फराकिलो जित हात पारेको थियो।

यस्तै एसिया कपमा यी दुई टोली तीन पटक नै भेट भएका छन्। एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१२, २०१३ र २०२३ मा भेट भएका थिए।

यी दुई टोलीबीच अन्तिम पटक सन् २०२३ मा युएईमा भएको एसिया कपको खेल भएको थियो। सो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ