आईसीसी यू-१९ विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको छ।
यसअघिका दुुई खेलमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो। न्युजिल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन बनायो।
नेपालका लागि अर्जुन कुमाल शतक नजिक पुगेका थिए । १ सय ४ बलमा १२ चौका हानेका अर्जुन ९० रन बनाउँदा क्याच आउट भए।
कप्तान कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। उनले ३४ बलमा ५ चौका र १ छक्का प्रहर गरे ।
सुरुआतमा नै २ विकेट गुमाएका नेपालका लागि तेस्रो विकेटका लागि कप्तान देव र ओपनर अर्जुन कुमालले ५९ रनको साझेदारी गरे। ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए।
सुवास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे। आकाश चन्दले १४ रन थपे।
गुल्सन झा २ रनमा क्याच आउट भए। उत्तम मगर शून्य रनमा आउट भए।
न्यूजील्याण्डका माट रोवेले ३ विकेट लिए। एवाल्ड ओस्कार ज्याक्सनले समान २ विकेट लिए। मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले एक एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको विशाल योगफल तयार पारेको थियो।
नेपालविरुद्ध स्नेहित रेड्डीले आक्रमक शतक पूरा गरे। उनले १ सय ६ बलमा ८ चौका र २ छक्का हान्दै शतक पूरा गरे। रेड्डी १ सय ४७ रनमा नटआउट रहे। १ सय २५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।
चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य पाएको हो।
आकाशले ४२ औं ओभरको पाँचौं बलमा कप्तान ओस्कारलाई ७५ रनमा बोल्ड गर्दै साझेदारी तोडेका हुन्। ओस्कारले ८१ बलमा ३ चौका र ५ छक्का हाने।
कप्तान ओस्कार ज्याक्सनले ७५ रन थपे। ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका ज्याक्सन आकाश त्रिपाठीको बलमा बोल्ड आउट भए। ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। एलेक्स थोम्पसन सुवास भण्डारी कै बलमा १३ रनमा बोल्ड आउट भए।
ओलिभर तेवाटिया शून्यमै आउट भए। जाक कुमिन्स गोल्डेन डकआउट भए। लच्लन स्टु्याकपोल डकआउट भए।
नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन खर्चे। गुल्सन झाले आफ्नो स्पेलमा ६१ रन खर्चेर २ विकेट लिए।
दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे। तिलकले आफ्नो स्पेलमा ५० रन खर्चेर १ विकेट लिए।
नेपालले समूह चरणको दोस्रो खेलमा माघ १० गते पाकिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।