न्यूजील्याण्डले दियो नेपाललाई ३०३ रनको बिशाल चूनौती

न्यूजील्याण्डले दियो नेपाललाई ३०३ रनको बिशाल चूनौती

  • आइतवार, माघ ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

स्नेहित रेड्डीको आक्रमक शतकमा न्युजिल्यान्डले आइसीसी यू–१९ विश्वकपमा नेपाली युवा टोलीसामु ३ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको हो।

नेपालविरुद्ध स्नेहित रेड्डीले आक्रमक शतक पूरा गरे। उनले १ सय ६ बलमा ८ चौका र २ छक्का हान्दै शतक पूरा गरे। रेड्डी १ सय ४७ रनमा नटआउट रहे। १ सय २५ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकीय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङस् उकासेका थिए।

कप्तान ओस्कार ज्याक्सनले ७५ रन थपे। ८१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका ज्याक्सन आकाश त्रिपाठीको बलमा बोल्ड आउट भए।

चौथो विकेटका लागि ओस्कार र स्नेहित रेड्डीले १ सय ५७ रनको शतकिय साझेदारी गर्दै न्युजिल्यान्डको इनिङस् उकासेका थिए।

आकाशले ४२ औं ओभरको पाँचौं बलमा कप्तान ओस्कारलाई ७५ रनमा बोल्ड गर्दै साझेदारी तोडेका हुन्। ओस्कारले ८१ बलमा ३ चौका र ५ छक्का हाने।

त्यसअघि ओपनर टम जोन्स ३३ रनमा तिलक भण्डारीको बलमा बोल्ड आउट भए। अर्का ओपनर लुक वाटसन १४ रनमा सुवास भण्डारीको बलमा बोल्ड आउट हुँदै पवेलियन फर्के। एलेक्स थोम्पसन सुवास भण्डारी कै बलमा १३ रनमा बोल्ड आउट भए।

ओलिभर तेवाटिया शून्यमै आउट भए। जाक कुमिन्स गोल्डेन डकआउट भए। लच्लन स्टु्याकपोल डकआउट भए।

नेपालका लागि सुवास भण्डारीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ५३ रन खर्चे। गुल्सन झाले आफ्नो स्पेलमा ६१ रन खर्चेर २ विकेट लिए। दिपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले समान एक विकेट आफ्नो नाममा गरे। तिलकले आफ्नो स्पेलमा ५० रन खर्चेर १ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी