नेपालले न्युजील्याण्डको तीन विकेट लियो 

नेपालले न्युजील्याण्डको तीन विकेट लियो 

  • आइतवार, माघ ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ७ माघ । आइसिसी  यु–१९ एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत  न्युजिल्याण्ड विरुद्धको खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गरिरहेको छ  । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलोपार्क क्रिकेट मैदानमा न्युजील्याण्डले १८ ओभरमा ८२ रन जोड्दा नेपालले तिन विकेट लिएको छ ।
नेपालका लागि दिपेश कडेल, सुभाष भण्डारी र तिलक भण्डारीले एक एक विकेट लिएका छन् ।
यु–१९ विश्वकपमा यसअघि नेपालले दुई पटक न्युजिल्यान्डको सामना गरेको छ । दुवै खेलमा नेपालले जित हासिल गरेको थियो । सन् २००६ मा भएको खेलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले पराजित गरेको थियो भने  सन् २०१६ मा भएको खेलमा नेपालले ३२ रनले हराएको थियो ।
नेपाली टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपीन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा र आकाश चन्द रहेका छन् ।
(((

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ