यु–१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ। खेल आज दिउँसो पौने २ बजे हुनेछ। यु–१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्यान्डसँग खेल्न लागेको हो। यू–१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।
नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो। कोलम्बोमा भएको खेलमा नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो।
त्यसको १० वर्षपछि नेपाल र न्युजिल्यान्डको युवा टिमबीच सन् २०१६ मा बंगलादेशमा आयोजना भएको यू-१९ विश्वकपको समूह चरणमा प्रतिस्पर्धा भयो। सो खेलमा फेरि नेपाली युवा टिमले न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्न सफल भएको थियो ।
आइतबार दक्षिण अफ्रिकामा हुने खेलमा नेपालका लागि इतिहास दोहोर्याउन सजिलो नभए पनि नेपाली टिमले राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ । जसका कारण उसले एशिया-प्यासिफिक क्वालिफायर मार्फत् सन् २०२४ को विश्वकपमा स्थान बनायो। छनोटमा न्युजिल्यान्डले सबै ६ खेल आरामसँग जितेको थियो। दक्षिण अफ्रिकामा खेलिएको अभ्यास खेलमा नेपाल अपराजित रह्यो। नेपालले स्कटल्यान्डलाई दुई खेलमा तथा नामिबियालाई पराजित गर्यो। मंगलबार वेस्ट इन्डिजविरुद्धको खेल भने वर्षाले अवरुद्ध भयो। आजै अर्को खेलमा श्रीलंका र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।