रुपन्देही व्यापार संघको अध्यक्षमा अधिकारी निर्वाचित

रुपन्देही व्यापार संघको अध्यक्षमा अधिकारी निर्वाचित

  • शनिबार, माघ ६, २०८०
  • डम्मर दत्त भट्ट

  • 4.4K
    SHARES

बुटवल, ६ माघ ।
रुपन्देही ब्यापार संघको १२ औं अधिवेशनबाट अध्यक्ष पदमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट निकटत्म प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै दिपक अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी हुँदा संघका बरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाउनुभएको थियो ।
अधिकारी र भण्डारीले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५३५ मत पाएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाउनुभयो ।
त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेम नाथ पाण्डे निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त र्गर्नु भएकाे थियाे । संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ निर्वाचित हुनुभएको छ भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गर्नुभयो । सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मत पाउनुभयो । सहकोषाध्यक्ष पदमा ५१९ मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई बिजयी हुँदा भण्डारी प्यानलका बिनित भटराईले ४८५ मत पाउनुभयोको थियो।
संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त निर्विरोध निर्वाचित हुनु भएको थियो ।
संघको सदस्य पदहरुमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ निर्वाचित हुनुभएको छ । कुल १ हजार ६०१ जना मतदाता रहेको संघको निर्वाचनमा १ हजार ८७ मत खसेको सघंका द्वितीय उपाध्यक्ष प्रेम नाथ पाण्डेले जानकारि गराउनु भएको छ । शु्क्रबार साँझ ८स्घण् बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम शनिबर बिहान मात्र आएको द्वितीय उपाध्यक्ष प्रेमनाथ पाण्डेले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ