भारतमा राम मन्दिरको उद्घाटन, नेपालमा मोटरसाईकल र्याली

भारतमा राम मन्दिरको उद्घाटन, नेपालमा मोटरसाईकल र्याली

  • शनिबार, माघ ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

वीरगंज माघ ६ । हिन्दु स्वयंसेवक संघ पर्साले शनिबारको दिन वीरगंजमा भव्य रुपमा मोटरसाईकल याली निकालिएको छ ।

गत सोमबारको दिन अयोध्यामा नवनिर्मित भगवान श्री रामको मन्दिर उद्घाटनको उप्लक्यक्षमा र भब्य रुपमा मनाउनको लागी सो याली निकालिएको हो । जनगणमा उत्साहका लागि र भव्य मन्दिर निर्माणको संदेश प्रवाहको लागि मोटरसाईकल रयाली निकालिएको संघको जिल्ला कार्यवाह कृष्णा चौरसियाले जानकारी दिए ।

बिरगंजबाट सुरु भएको मोटरसाईकल याली माइस्थान घण्टाघर ,बसपार्क ,छपकैया बाइपास हुँदै परवानीपुर ,लिपनी ,पटेलनगर ,रामपुर, मुसहरी ,ताजपुर ,सुखचैना , कोइरियटोला, लालपर्सा ,चैनपुर हुदै विभिन्न गाउपालिका, नगर पालिका लगायतको क्षेत्रमा नगर परिक्रमा गरेको थियो।

यालीमा करिब २५० भन्दा बढि मोटरसाईकल सहित सनातन युवाहरुको सहभागिता रहेको थियो । हिन्दु स्वयंसेवक संघ पर्सा का स्वंमसेवक कृष्ण साहको नेतृत्वमा कार्यक्रम सम्पन भएको संघको जिल्ला कार्यवाह कृष्ण चौरसियाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ