तेक्वान्दो संस्थापक गुरुङको तस्बिर सुदूरपश्चिमका सम्पूर्ण डोजाङमा राखिने

तेक्वान्दो संस्थापक गुरुङको तस्बिर सुदूरपश्चिमका सम्पूर्ण डोजाङमा राखिने

  • शुक्रबार, माघ ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

धनगढी, ५ माघ । सुदूरपश्चिम तेक्वान्दो संघको बैठकले आफ्ना नेपाल तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङको तस्बिर सम्मान स्वरुप आफू अन्तर्गतका सम्पूर्ण डोजाङहरुमा राख्ने निर्णय गरेको छ ।

संघको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाली तेक्वान्दोको विकासमा संघका केन्द्रीय महासचिव दीपराज गुरुङको भूमिकालाई सम्मान गर्दै उक्त निर्णय गरिएको हो ।

बैठकले धनगढीमा आउँदो चैत्र १ देखि ३ गतेसम्म राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने निर्णय समेत गरेको छ । च्याम्पियनसिपमा ७ प्रदेशका टोलीले सहभागिता जनाउँने संघका महासचिव पदक विक्रम सिंहले जानकारी दिए । प्रतियोगिताको संयोजक सरोज चौधरी र उपसंयोजकमा हेम बस्नेत चुनिनुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ