माछा, मासु तथा मदिरा पसल बन्द गर्ने निर्णय सहित जिप्रकामा ज्ञापन पत्र

माछा, मासु तथा मदिरा पसल बन्द गर्ने निर्णय सहित जिप्रकामा ज्ञापन पत्र

  • मङ्लबार, माघ २, २०८०
  • दिपक चौरसिया

  • 4.4K
    SHARES

बिरगंज २ माघ । विश्व हिन्दू परिषद नेपाल बिरगंजले माघ ८ गतेको दिन बिरगंजका सम्पूर्ण माछा , मासु तथा मदिरा पसल बन्द गर्ने निर्णय सहित जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञपन पत्र बुझाएको छ । विश्व हिन्दू परिषद नेपाल वीरगन्जका महानगर अध्यक्ष सागर सराफले माघ ८ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख दिनेशसागर भुसाललाई पत्राचार गरी माछा तथा मासु पसल, मदिरा पसल र गैरकानूनी पसल बन्द गर्न आग्रह गरिएको हो ।

विश्व हिन्दू परिषद नेपाल बिरगंजले जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएको ज्ञापन पत्रमा पाच सय वर्षपछि भगवान श्रीरामद्वारा अयोध्यामा भव्य राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठा गर्न लागिरहेकोले सोही दिन विश्वका सबै सनातन अर्थात हिन्दूहरूको लागि पुजा अर्चना गर्ने भएको छ । त्यस दिन हरेक मठ मन्दिरलाई राम मन्दिर झै बिहान सजाउने, शोभायात्रा निकाल्ने, झाक्री सहित सहरको परिक्रमा, दिउसो प्राणप्रतिष्ठा प्रोजेक्टरको माध्यमले देखाइने उल्लखे छ ।

साझ हरेक मन्दिरमा भव्य दीप प्रजवलित गर्न र राति विभिन्न ठाउमा महाआरती गर्न अपिल तथा विभिन्न ठाउमा झाक्रीको प्रदर्शन गर्ने समेत रहेको परिषद्ले जनाएको छ ।

यसका लागि वर्तमान अवस्था बहुसंख्यक हिन्दुहरूको आस्थालाई ध्यानमा राखी सबै मासु–माछा पसल, मदिरा पसल तथा होटलहरू समेत बन्द गर्न गराउन ज्ञापन पत्रमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ