पीएम कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात

पीएम कपमा पुलिस र लुम्बिनीको विजयी सुरुवात

  • शनिबार, पुस २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौं, २८ पुस । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्।

नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको छ। पुलिसले दिएको २८३ रनको लक्ष्य पछाएको बागमतीले ४२.३ ओभरमा अल आउट हुदै २१४ रन बनाएको हो । यस अघि पहिला ब्याटिंग गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रन बनाएको थियो।

त्यस्तै आजै भैरहवामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ।

गण्डकी प्रदेशले दिएको ११२ रनको लक्ष्य पछाएको लुम्बिनीले २८.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गरेको गण्डकी ३४.४ ओभरमा अलआउट हुदै १११ रन मात्र बनाएको थियो । खराब मौसममा कारण यो खेल ४२-४२ ओभर मात्र खेलाइएको थियो।
 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ