काठमाडौँ, २८ पुस । आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी शुरुवात गरेको छ ।
शनिबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो ।
कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । मधेशको जितमा अनिल शाहले सर्बाधिक ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुदै १२७ रन मात्र बनाएको थियो ।
अब मधेश प्रदेशले अर्को खेल सोमबार टियु मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ भने कोशी प्रदेशले सोमबार मूलपनि क्रिकेट मैदानमा एपीएफ क्लबसँग खेल्ने छ ।
राशिद खानको शतकमा पुलिसले बागमतीलाई दियो २८३ रनको लक्ष्य
आजदेखि शुरु भएको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा राशिद खानले शतक प्रहार गरेका छन् ।
नेपाल पुलिस क्लबबाट खेलिरहेका राशिदले बागमती प्रदेशविरुद्ध १०६ रन अविजित बनाउदै शानदार ब्याटिंग गरेका हुन् ।
राशिदको शतक तथा आरिफ सेखको ५७ रनको मद्धतले पुलिसले बागमती प्रदेशलाई २८३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन बनाएको हो ।