पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, सात प्रदेश र तीन विभागीय टिम खेल्दै

पीएम कप क्रिकेट प्रतियोगिता आजदेखि, सात प्रदेश र तीन विभागीय टिम खेल्दै

  • शनिबार, पुस २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, २८ पुस । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पीएम कप) आजदेखि शुरु हुदैँ छ ।

पीएम कप पुस २८ देखि माघ २० गतेसम्म संचालन हुने छ ।
प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ र नेपाल आर्मीले भाग लिने छन् ।

हरेक टिमले एक अर्काविरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुईमा हुने टिमले फाइनल खेल्ने तालिका क्यानले सार्बजनिक गरेको छ । यस पटक पीएम कप पहिलो पटक काठमाडौँ बाहिर भैरहवामा पनि संचालन हुदै छ ।

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको पहिलो दिन तीन खेल हुने तालिका रहेको छ । जसमा टियु क्रिकेट मैदानमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्ने छ भने मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेशले मधेश प्रदेशको सामना गर्ने छ ।

त्यस्तै भैरहवा क्रिकेट ग्राउण्डमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेसको सामना गर्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ