जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन

जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन

  • शुक्रबार, पुस २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

बिराटनगर, पौष २७ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक कार्यक्रमका बिच आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्री “सिर्जना” विमोचन गरिएको छ । बिराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल प्रा.लि.को सहकार्यमा निर्माण गरिएको श्रव्यदृष्य सामग्री “सिर्जना” को विमोचन कार्यक्रमका प्रमुख अतिथि उक्त बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्की र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

बिमोचन कार्यक्रममा सम्वोधन गर्नु हुदै प्रमुख अतिथि डा. कार्कीले आत्महत्या न्युनिकरण सम्वन्धि जनचेतना मुलक श्रव्यदृष्य सामग्रीले “सिर्जना” ले समाजमा सचेतना प्रवाह गरी डिप्रेसन र आत्महत्या न्यूनिकरण गर्न टेवा पुग्ने वताउनु भयो । यसका साथै वहाँले जनताको सेवामा अहोरात्र खटिने प्रहरी र उनका परिवार स्वस्थ्य रहेमा मात्र स्वस्थ्य प्रहरी सेवा उपलब्ध हुने हुँदा पहिला प्रहरी स्वस्थ रहन जरुरी रहेको साथै स्वस्थ्य सेवा उपलव्ध गराउने स्वास्थ्यकर्मीहरु सुरक्षित रहेमा मात्र बिरामीहरुको प्रभावकारी उपचार सम्भव रहने भएकोले सम्पुर्ण नागरिकको सुरक्षाको जिम्वेवारी वहन गर्ने प्रहरी कर्मचारीहरुलाई बिराट मेडिकल कलेज कुनै दुविधा नराखि उपचार सेवा उपलव्ध गराउन तयार रहेको वताउनु भयो ।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक बास्तोलाले कोशी प्रदेशमा आत्महत्याको दर उच्च भए सँगै त्यसको न्यूनिकरणको लागी प्रमुख अतिथि डा. ज्ञानेन्द्र मान सिंह कार्कीज्यूबाट आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतनामुलक भिडियो (PSA) निर्माण गरी कोशी प्रदेश प्रहरीलाई उपलब्ध गराई विमोचन गरि दिनु भएकोमा धन्यवाद व्यक्त गर्नुका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतनाको लागि समुदाय र टोल टोलमा उक्त भिडियो प्रदर्शन गरिने बताउनु भयो ।

विमोचन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ