सोह्रौँ पञ्चवर्षीय योजनाबारे छलफल

सोह्रौँ पञ्चवर्षीय योजनाबारे छलफल

  • मङ्लबार, पुस २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, २४ पुस : राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले सोह्रौँ पञ्चवर्षीय राष्ट्रिय विकास योजनामा दिगो विकास लक्ष्य प्राप्ति, शासकीय सुधार र सुशासन, सामाजिक न्यायका सन्दर्भमा आफ्नो अधिकार क्षेत्रभित्रका विषय समेटेर प्रतिवेदन तयार गरेको छ । राष्ट्रिय योजना आयोगलाई पञ्चवर्षीय योजनाका मुलभूत पक्ष कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले प्रतिवेदन तयार गरी बुझाउन लागिएको हो ।

सोह्रौँ पञ्चवर्षीय योजनामा समष्टिगत आर्थिक आधारको सवलीकरण र तीव्रतर आर्थिक वृद्धि, उत्पादन र उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा मर्यादित श्रम एवम् उत्पादनशील रोजगारीसहितका विषय प्रस्ताव गरिएका छन् । स्वस्थ, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माण, गुणस्तरी पूर्वाधार एवम् एकीकृत यातायात व्यवस्था प्रणाली, आधुनिक, दीगो र व्यवस्थित सहरीकरण तथा बस्ती विकास, लैङ्गिक सशक्तिकरण, सामाजिक समावेशीकरण र परिचालन पनि सोह्राँै योजनाका प्राथमिक विषय हुन् ।

प्रादेशिक र स्थानीय अर्थतन्त्रको विकास र सुदृढीकरण तथा औपचारिक क्षेत्रको विस्तार, गरिबी तथा असमानता न्यूनीकरण तथा समातामूलक समाज निर्माणका लागि सन्तुलित विकास, प्रभावकारी वित्तीय व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि पनि उक्त योजनामा समावेश भएका विषय हुन् । शासकीय सुधार तथा सुशासन अभिवृद्धि, अतिकम विकसित मुलुकबाट स्तरोन्नति र त्यसपछिको सहजीकरण तथा दीगो विकास लक्षय र हरित अर्थतन्त्रका विषय पनि योजनाका लक्षित कार्यक्रम हुन् ।

समितिका सभापति प्रकाश पन्थले पञ्चवर्षीय योजनामा समावेश सामाजिक न्यायअन्तर्गत दलित विकास, लैङ्गिक एवं अपाङ्गताका सवाल र सन्तुलित विकासका विषयमा भइरहेका छलफल तथा वार्षिक उपलब्धिबारे तयार गरिएको प्रतिवेदनमाथि छलफल गरी पुनःमूल्याङकनको आवश्यकता औँल्याउनुभयो ।

समितिका सचिव डा रोजनाथ पाण्डेले पञ्चवर्षीय योजनामा समेटिएका १३ प्रस्तावित सूचीमध्ये समितिको कार्यक्षेत्रभित्र परेका लैङगिक सशक्तिकरण, सामाजिक समावेशीकरण, पहिचालनलगायतका विषयमा गहन छलफलसहित तयार गरिने प्रतिवेदन केही दिनभित्रै योजना आयोगमा प्रस्तुत गरिने बताउनुभयो । उहाँले गरिबी तथा असमानता न्यूनीकरण तथा समातामूलक समाज निर्माणका लागि सुन्तुलत विकास र दीगो विकास लक्ष्य तथा हरित अर्थतन्त्रसम्बन्धी विषयमा समितिले प्रतिवेदन तयार गर्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ