सर्लाहीमा मारिएका शाहको तीन दिनपछि पोष्टमार्टम

सर्लाहीमा मारिएका शाहको तीन दिनपछि पोष्टमार्टम

  • सोमवार, पुस २३, २०८०
  • दीपक चौरासीया

  • 3.5K
    SHARES

सर्लाही २३ पुस । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएको तीन दिनपछि युवा व्यवसायी जयशंकर साहको पोस्टमार्टम भएको छ । आइतबार मधेश प्रदेशका मन्त्री र सांसदहरूको उपस्थितिमा पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति भयो । त्यसपछि मात्रै पीडित परिवारले मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लग्न दिएको थियो । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पंजियार चौधरीका अनुसार मृतक साहको पोस्टमार्टम हिजै भयो । शव बुझेर पनि लगिसकेको छ ।

पीडित परिवार र प्रशासनबीच मृतक साह परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने, प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति गर्ने, अस्पताल परिसर वा स्थानीयले चाहेको स्थानमा मृतक साहको शालिक स्थापना गर्ने, मृतकलाई शहिद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्नेलगायतका ११ बुँदे सहमति भएको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा छानबिन समिति बनाइसकेको छ । साथै मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय पनि गृहले गरेको छ ।

छानबिन समितिलाई सबै पक्षले आ-आफ्नो तर्फबाट घटना सम्बन्धमा स्वतन्त्र निष्पक्ष छानबिन गर्न सहयोग गर्ने सहमति पनि भएको छ । सहमतिमै उद्योग वाणिज्य संघ बरहथवासहित पाँच दलीय गठबन्धनले सबै विरोधका कार्यक्रमहरू स्थगित गर्ने उल्लेख छ । तर सहमति पश्चात् पीडित परिवारको घर तथा होटलमा प्रहरीले तोडफोड गरेका छन् । मृतक साहका भान्जा विवेकले सामाजिक सञ्जालमा एउटा भिडिओ अपलोड गरेका छन्, जसमा सबै जना डराएको देखिन्छ । मोटरसाइकलहरू खसेको र घरको सिसाहरू फोडिएको देखिन्छ ।

प्रहरीले घरमा पसेर कुटपिट र तोडफोड गरेको मृतकका भान्जाले बोलेका छन् । उनी भन्छन्- प्रहरीले गोली पनि मार्छन् । पीडितकै घरमा पसेर कुटपिट र तोडफोड पनि गर्छन् । यस्तो ज्यादती गर्न मिल्छ । हामी न्याय माग्न कहाँ जाऊ ?

उनका अनुसार प्रहरीले करिब २ लाख बराबरको घरको सिसा फोडेका छन् । तर प्रहरी प्रवक्ता डिएसपी चौधरीले पीडितको घरमा तोडफोड नभएको दाबी गरे । नेपाल प्रेसको जिज्ञासामा उनले प्रतिप्रश्न गरे- सहमति भइसकेको अवस्थामा प्रहरी किन तोडफोड गर्छन् र ? प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा शुक्रवार पाँच दलको आह्वानमा गरिएको आन्दोलन अनियन्त्रित बनेपछि प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएको थियो । ३० वर्षीय साह भने आन्दोलनमा सहभागी थिएनन् ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी