ठुलो मात्रामा अबैध औषधी सहित बागलुङ र गोरखाको दुई जना युवक बेलाटारी प्रहरीको नियन्त्रणमा

ठुलो मात्रामा अबैध औषधी सहित बागलुङ र गोरखाको दुई जना युवक बेलाटारी प्रहरीको नियन्त्रणमा

  • आइतवार, पुस २२, २०८०
  • रबिन्द्र यादव

  • 4.8K
    SHARES

पश्चिम नवलपरासी २२ पुस / इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको नेतृत्वमा खटि गएको प्रहरी टोलीले आइतबार बिहान ४ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ९ चण्डालचोक स्थित नेपाल-भारतको सिमा नाकाबाट बेलाटारी तर्फ आउदै गरेको प्रदेश नं ३ ०१-००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्र ६ पेटी अन्दाजी मूल्य २९ लाख ४९ हजार १७ रुपैया बराबरको सर्जिकल सामाग्री तथा विभिन्न प्रकारका औषधीहरु र कारको अन्दाजी मुल्य १० लाख गरि ३९ लाख ४९ हजार १७ रुपैया बराबरको समान ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएर गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं ४ भेडाबारी बस्ने बर्ष ३० को सुजन भन्ने विवेक पोखरेल र बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं ५ बस्ने बर्ष २९ को अभिषेक खरेल सहित औषधी र कारलाई आवश्यक कार्यवाहीकोको लागि महेशपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी प्रमुख यादवले कार्यालय जिम्मेवरी समाले देखि चोरी तस्करी र अपराधिक गतिविधि घट्दो क्रममा रहेको स्थानीयले बताउछन् । प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक यादवले चोरी तस्करी नियन्त्रण गर्न आफ्ना मातहतका सबै प्रहरी चौकीका प्रमुखलाई कडा निर्देशन दिएको एक प्रहरी चौकीका इन्चार्जले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ