फुटवलर सावित्रा भण्डारी सम्मानित

फुटवलर सावित्रा भण्डारी सम्मानित

  • आइतवार, पुस २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड खेलाडी सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छन्। बेँसीसहर नगरपालिका–७ सहजी खेलमैदानमा जारी एकतीसौं त्रिवेणी कपको समापन कार्यक्रममा भण्डारीलाई त्रिवेणी युवा क्लबले सम्मान गरेको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद २० हजार, दौसल्ला ओढाएर साम्बालाई सम्मान गरे। लमजुङ जिल्लामा जन्मेर जिल्ला र देशको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सफल भएकाले उनलाई सम्मान गरिएको क्लबका सचिव प्रविण वाग्लेले बताए।

गृह जिल्लामा सम्मानित हुन पाउँदा खुसी लागेको फुटबल खेलाडी भण्डारीले बताइन्। यस्ता सम्मानले अझै राम्रो र निरन्तरण खेल्न प्रेरणा मिल्ने उनको भनाइ छ। तत्कालीन सिम्पानी गाविस–७ पामचोकमा हाल मर्स्याङ्दी गाउँपालिका–९ मा जन्मिएकी भण्डारीले यसअघि जिल्लाका विभिन्न ठाउँबाट सम्मान प्राप्न गरेकी छन्।

भण्डारी हाल सशस्त्र प्रहरी बल क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टोलीबाट खेल्ने गरेकी छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ