जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण

जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण

  • शनिबार, पुस २१, २०८०
  • रबिन्द्र यादव

  • 10.8K
    SHARES

पश्चिम नवलपरासी २१ पुष । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-३ नम्बर वडाका ४८१ जना जेष्ठ नागरिक,एकल महिला र अपांग्ता भएका व्यक्तीहरुलाई जाडोबाट बच्नका लागि शुक्रबार कम्बल वितरण गरिएको छ । वडा कार्यालयले २८४ जना पुरुष र १९७ जना महिला गरि ४ सय ८१ जनालाई जाडोबाट बच्नका लागि कम्बल वितरण गरेको सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषादले जानकारी दिनुभयो । दुषादका अनुसार ३ नम्बर वडा कार्यालयले कुडियामा जेष्ठ नागरिक र एकल महिलाहरू तथा अपांगता भएकालाई जाडोमा कम्बल वितरण गरेको हो ।

वडाभित्रका ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु, एकल महिलालाई जाडो मौसमसँगै न्यानो कपडा वितरण गरिएको दुषादले बताउनुभयो । वहाँले भन्नुभयो ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक÷एक थान कम्बल वितरण गरिएको छ,जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस।’ जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने दुषादले बताउनु भयो ।

गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न कमल वितरण तथा सम्मान गरिएको वडा सदस्य सृजना चौधरीले बताउनुभयो । कम्बल वितरण कार्यक्रममा वडा सदस्यहरु सलाबुदिन अन्सारी,अमर बहादुर क्षेत्री, शर्मिला दर्जी,सृजना चौधरी लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ