मिसेस नेपाल वल्र्डका बिजेताहरुलाई पुरस्कार तथा सम्मान

मिसेस नेपाल वल्र्डका बिजेताहरुलाई पुरस्कार तथा सम्मान

  • शनिबार, पुस २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

रिबन इन्टरटेनमेन्टद्धारा केही अघि राजधानीमा सम्पन्न मिसेस नेपाल वल्र्ड २०२३ का विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ।
हालै राजधानीको नयाँ वानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा आयोजित एक समारोहबीच मिसेस नेपाल वल्र्ड २०२३ का विजेताहरुलार्ई विभिन्न पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२३ कि विजेता पृथ्विया थापालाई इलेक्ट्रिकल स्कुटर तथा अन्य गिफ्ट ह्याम्पर प्रदान गरियो। उक्त स्कुटर अटो नेपाल म्यागजिनका डाइरेक्टर रोसनकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए। त्यसै गरी मिसेस नेपाल वल्र्डकि फस्र्ट रनर्सअप आइना गजुरेल, सेकेण्ड रनर्सअप निशा बिष्ट, थर्ड रनर्सअप सरु राज्यलक्ष्मी राणालगायतका विजेतालाई विभिन्न पुरस्कार तथा गिप्mट ह्याम्पर प्रदान गरिएको थियो।

कोरियोग्राफर अश्विनीकान्त झाद्धारा सञ्चालित कार्यक्रममा मिसेस नेपाल इन्टरनेशनत सिर्जना केसीलाई यसुदाको टेलिभिजन, एमएस नेपाल इन्टरनेशन सीता सुवेदीलाई यसुदाको ओभन तथा मिसेस नेपाल वल्र्डको टप प्mयान सन्ध्या गैरेलाई भ्याकुम क्लिनर प्रदान गरिएको थियो।
विजेताहरुलाई रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलका महाप्रवन्धक प्रतापबाबु तिवारी, बागमती प्रदेशकी सभासद हरिप्रभा खड्गी, कर्णाली प्रदेशकी सभासद जानकी सिंह, पत्रकार अखण्ड भण्डारी, व्युटी पेजेन्ट एसोसिएन अफ नेपालका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, ग्रामिण महिला विकास तथा एकता केन्द्रकी महासचिव ज्योत्सना साउद, समाजसेवी डा। भद्रा भण्डारी, अभिनेत्री सरिता लामिछानेलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

रिबन इन्टरटेनमेन्टले एकै मञ्चमा मिसेस नेपाल वल्र्ड २०२३, मिसेस नेपाल इन्टरनेसनल २०२३ र एमएस इन्टरनेशनल २०२३ चयन गरेको थियो। मिसेस नेपाल वल्र्ड २०२३ पृथ्विया थापाले यही जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्ड, मिसेस नेपाल इन्टरनेसनल सिर्जना केसीले सिंगापुरमा हुने मिसेस इन्टरनेशनल, एमएस नेपाल इन्टरनेसनल सीता सुबेदीले संगापुरमै हुने एमएस इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी