सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विहिबार ज्ञानेश्वर स्थित बालकृष्ण समको घर अवलोकनमा पुगेकाछन् ।
विहिबार बालकृष्णसम जन्मिएको घर अवलोकनका लागि पुगेका मन्त्री किरातीले काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुलाई समेत भेटेकाछन् । काठमाडांै विश्वविद्यालय अन्तर्गत बालकृष्णसम गुठिले स्वामित्व लिएको समको घरको जिर्नोद्धर संस्कृति पर्यटन तथा नागरिक उडड्यन म्रन्त्रलय अन्तर्गत पुरातत्व विभाग मार्फत गर्न विश्वविद्यायका पदाधिकारीहरुले मन्त्री किरातीलाई आग्रह गरेकाछन् ।
मन्त्री किरातीले आफुसंगै अवलोकनमा गएका पुरातत्व विभागका कार्यकारी निर्देशक सौभाग्य प्रर्धानङ्गलाई जिर्णोद्धारका लागि निर्देशन दिएकाछन् । सो क्रममा मन्त्री किरातीले बालकृष्णसमलाई शेकसपियर संग तुलना गरेका थिए ।
किरातीले भने शेकसपियर विश्व साहित्यमा नाटक विधाका शिखर व्यक्तित्व हुन् । वालकृष्ण सम पनि नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुन् । सम आफु राणा परिवारमा जन्मेरपनि २००७ सालको राणा बिरोधि क्रान्तिमा सहभागी भएर जेल समेत परेका थिए । त्यसकारण उनी त्यस समयको समाज रुपान्तरणका क्रान्तिकारी पनि हुन् ।