मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ । युथ क्रियशनको आयोजनामा मिस्टर एन्ड मिस बेस्ट मोडल २०२३ र फेस अफ स्मार्ट किडस सिजन ४ को ट्यालेन्ट शो सम्पन्न भएको छ । काठमाडौँको सामाखुशीस्थित कुकु लन्ज एन्ड इभेन्टमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २० जनाले आफ्नो ट्यालेन्ट प्रस्तुत गरे । कार्यक्रमले निर्णयकमा नायक एंव मोडल शेखर सुवेदी, मोडल पूर्ण लिम्बु, नायिका बिमला लिम्बु र लोकदोहोरी गायक बल बहादुर गुरुङ रहेका छन ।

मुख्य निर्नायकको रुपमा बोल्नुहुँदै लोकदोहोरी गायक बल बहादुर गुरुङले ट्यालेन्टमा सहभागी सबैको प्रतिभा उत्कृष्ट रहेको बताए । उनले बालबालिकाको वाक कलालाई समेत थप टेवा पुग्ने। बताए । यस्ता कार्यक्रमहरुले समाज र देशमा युवाहरुलाई थप हौसला मिल्ने बताए ।

युथ कृयशनका अध्यक्ष रवी लामा तामाङले यस्ता कार्यक्रमले भविष्य निर्माणमा थप सघाउ पुग्ने र मनोबल उच्च हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि,पत्रकार कलाकार एंव अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको फाइनल भने पौष २२ गते रोयल दरबार इभेन्टस एण्ड भेन्युमा हुने आयोजक टिमले जानकारी दिए । साथै ख्यातिप्राप्त कलाकारहरुको बेजोड सांगीतिक एंव सांस्कृतिक प्रस्तुती रहने पनि आयोजकले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी