भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल

भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल

  • मङ्लबार, पुस १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, १७ पुस । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लािग कोरियाका राजदूत पार्कबीच आज मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो । छलफलमा नेपाली टोलीले उक्त घटनाका सम्बन्धमा कोरियाली पक्षलाई जानकारी गराएको थियो ।

सो क्रममा पानी जहाज बनाउने (सीप बिल्डिङ)का लागि नेपाली युवालाई फारम भर्न दिने सरकार र अदालतको निर्णयबारे कोरियाली पक्षलाई जानकारी गराइएको श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले बताउनुभयो । नेपाली पक्षले उक्त निर्णयलाई स्वीकार गरेर अगाडि बढ्न कोरियाली पक्षसँग प्रस्ताव गरेको उहाँको भनाइ छ ।

नेपालले राखेका प्रस्तावलाई कोरियाली पक्षले सकारात्मकरुपमा लिएको मन्त्रालयका सहसचिव पोखरेलले राससलाई जानकारी दिनुभयो । इपिएस प्रणालीमा देखिएका विविध समस्यालाई दुई देशको प्राविधिक टोलीले टुङ्ग्याउने उहाँको भनाइ छ । यसका लागि चाँडै नै प्राविधिक टोलीको बैठक बस्ने बताइएको छ ।

दक्षिण कोरियाले इपिएस प्रणालीअन्तर्गत विभिन्न १६ वटा मुलुकबाट विदेशी श्रमिक लैजाँदै आएको छ । नेपाली युवाका लागि कोरिया आकर्षक श्रम गन्तव्यका रुपमा छ । कोरियामा रोजगारीका लागि बर्सेनि लाखौँ नेपालीले भाषा परीक्षाका लागि आवेदन दिने गरेका छन् । हाल एक लाख ७५ हजार नेपाली नागरिक कोरियन भाषा परीक्षा उतीर्ण गरी कोरिया जाने प्रतीक्षामा रहेको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा कोरियाली पक्षले गत शुक्रबार बालकुमारीमा भएको घटना दुःखद् भएको जनाउँदै कोरिया सरकारका तर्फबाट मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदन व्यक्त गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ