१६ पुस, काठमाडौं । रुस–युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनाका तर्फबाट युक्रेन युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको जानकारी आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।
वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
उनीसँगै रुसी सेनामा भर्ती भएर युद्ध लड्ने क्रममा ज्यान गुमाउने नेपालीको संख्या सात पुगेको छ । केही युक्रेनी सेनाद्धारा बन्दी बनाईएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline