लागुऔषध सहित ४ जना पक्राउ

लागुऔषध सहित ४ जना पक्राउ

  • मङ्लबार, पुस १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

बिराटनगर, पुस १७  । सुनसरी र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाँउपालिका- १ लौकही स्थितमा खटिएको प्रहरी टोलीले सोहि स्थानका ३८ बर्षीय सत्य नारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर, Nitravet, Avil, फेनारगन र Noophin गरी जम्मा ४  सय ७२ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेसंगै लागुऔषध बेचबिखानमा संलग्न देश भारत बिहारका २० बर्षीय मो. अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी उदयपुरको कटारी नगरपालिका- ४ स्थितबाट ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले स.१० प १६१४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक कटारी- ८ का २० बर्षीय रुद्र तामाङले झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी Tapentadol Tablets Apendol र Spaspain गरी जम्मा ३८ सय चक्की फेलापारी पक्राउ गरेको हो भने प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका- १ का २६ बर्षीय योगेन्द्र खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २०मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी