काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अघि तीन जना युवाहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । प्रदर्शन उत्रिएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सिंहदरबार बृतमा राखेको छ । प्रदर्शन गर्ने बैद्य माओवादीका कार्यकर्ता हुन् ।
पक्राउ पर्नेमा जाजरकोटका आकाश कार्की र पदम हमाल तथा कञ्चनपुरका दीपेन्द्र ऐरी हुन् । पक्राउ गरिएकालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्त पठाइएको डीएसपी सन्तोष तामाङले बताए ।
उनीहरुले शरिरमा स्टप मर्डर, सेभ नेसन, नो एमसीसी, नो एनसेल लेखेको पर्चा टाँसेका थिए । कपडा खोेलेर उनीहरुले उक्त पर्चा देखाउँदै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline