एडगुरु निर्मलराज पौडेलको गायन क्षेत्रमा पुनरागमन

एडगुरु निर्मलराज पौडेलको गायन क्षेत्रमा पुनरागमन

  • सोमवार, पुस १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं । लामो समय पहिलेका चर्चित गायक निर्मलराज पौडेल १५ बर्षपछि पुन : गायनमै फर्कनुभएको छ । उहाँको गायनमा पुनरागमन ‘छम्म नाचौँ, छप्प नाचौँ’ बोलको गीतबाट भएको हो ।
श्रब्य सामग्रीको रुपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायांकन गरिएको छ । विशेष गरेर पर्वहरुमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।

गीतमा सरोज खनाल, बिजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबीन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्की लगायतका नयाँ र पुराना चर्चित कलाकारहरुले अभिनय गर्नुभएको छ ।

विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका यस क्षेत्रका अगुवा पौडेल एडगुरु नामले समेत परिचित हुनुुहुन्छ । उहाँको यो पछिल्लो गीतमा निर्मलराज पौडेल को शब्द तथा स्वर, मनिष पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन तथा माधव थापाले छायांकन तथा ब्यवस्थापन गर्नुभएको छ । पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत दिनुभएको छ । ३५ बर्ष अघि हलिउड र बलिउडका बिभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा सुरु गर्नुभएका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उहाँका ह्याप्पी लाईफ, सलल बगेको गण्डकी लगायतका गीतहरु चर्चित छन् ।

हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा र क्षेत्रप्रति आफ्नो अनुभव समेत समेटेर एक पुस्तक ‘वेलकम आरोह अवरोह’ प्रकाशन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी