परासी-महेशपुर सडक खण्डमा स्कुटी दुर्घटना हुदा चालक गुप्ताको मृत्यु

परासी-महेशपुर सडक खण्डमा स्कुटी दुर्घटना हुदा चालक गुप्ताको मृत्यु

  • शुक्रबार, पुस १३, २०८०
  • रबिन्द्र यादव

  • 6.2K
    SHARES

पश्चिम नवलपरासी १३ पुस । पाल्हिन्दन गाउँपालिकाको परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।

पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बृजेश तेली गुप्ताले आफै चलाई रहेकाे यूपी ५६ ए ३८२३ स्कुटी अनियन्त्रित भई पल्टिदा उनकाे घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमानीगंजका प्रमुख प्रहरी सहायक निरीक्षक ओेम प्रकाश यादवले जानकारी दिए ।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेकाे क्रममा स्कुटी अनियन्त्रित भई गुप्ताकाे मृत्यु भएकाे हुनसक्ने बुझिएको हो । पारिवारिक स्रोतका अनुसार उनी बल्ड प्रसेरका बिरामी समेत रहेकाे बताइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ