नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुँन एस जयशंकर काठमाडौं आउँदै

नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुँन एस जयशंकर काठमाडौं आउँदै

  • शुक्रबार, पुस १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, १३ पुस । नेपालभारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर पुस १९ गते नेपाल भ्रमणमा आउने भएका छन्।

भारतीय वायुसेनाको विशेष जहाजबाट विदेशमन्त्री एस जयशंकरको टोली काठमाडौं आउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। टोलीमा विदेश सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू हुनेछन्।

नेपाल भारत संयुक्त आयोगको बैठक पुस १९ गते नै बस्नेछ। बैठकमा नेपाल र भारतबीच द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ। बैठकमा भारतीय दूतावासको साना विकास परियोजना (एसडिपी)बारे सम्झौतासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासले नेपालमा सिधै २० करोडसम्म लगानी गर्न सक्नेछ। मन्त्रिपरिषद् बैठकले हालै उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासलाई २० करोड लगानी गर्न दिने निर्णय गरेको थियो।

त्यस्तै बैठकमा भारतसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा पनि हस्ताक्षर हुनेछ। परराष्ट्रमन्त्री एनपी साउदले यसअघि नै विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने सम्झौता गरेको थियो।

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नेछ।

परराष्ट्र मन्त्रालयले उनीहरूको सम्मानमा सोही दिन रात्रिभोजको आयोजना गर्नेछ। विदेशमन्त्री एस जयशंकरको टोली पुस २० गते भारत फर्किने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ