मन्त्रीको गाडी जलाएपछि तनावग्रस्त बनेको बालकुमारी घटनामा अर्का पनि युवाको मृत्यु

मन्त्रीको गाडी जलाएपछि तनावग्रस्त बनेको बालकुमारी घटनामा अर्का पनि युवाको मृत्यु

  • शुक्रबार, पुस १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनापछि उत्पन्न झडपमा परेका अर्का युवाको पनि मृत्यु भएको छ ।

बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए।

२३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । राउत जुम्लाका हुन्। राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। राउतको छातीमा निलडाम देखिएको बुझिएको छ ।

ीयस अघि घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो। घटनामा कुल दुई युवाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी