अपडेटः ग्वार्कोमा प्रहरीसँगको झडपमा घाईते भएका एक युवकको उपचारको क्रममा मृत्यु

अपडेटः ग्वार्कोमा प्रहरीसँगको झडपमा घाईते भएका एक युवकको उपचारको क्रममा मृत्यु

  • शुक्रबार, पुस १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। त्यसक्रममा प्रहरीसँग भएको झडपमा डोटी निवासी २२ वर्षीय युवक वीरेन्द्र शाहको ज्यान गएको हो।

आज भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी गरेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास र लाठी प्रहार गरेको थियो । त्यस क्रममा शाहलाई प्रहरीको गोली लागेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी