सहकारी मार्फत जनताको अर्बौ रकम ठगेर फरार रहेका जीबी राई सहितलाई अब ईन्टरपोलको सहायतामा पक्राउ गर्ने प्रहरीको तयारी

सहकारी मार्फत जनताको अर्बौ रकम ठगेर फरार रहेका जीबी राई सहितलाई अब ईन्टरपोलको सहायतामा पक्राउ गर्ने प्रहरीको तयारी

  • बुधबार, पुस ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

विभिन्न सहकारी मार्फत सर्वसाधारणको अर्बौ रुपैया अपचलन गरेर फरार रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ुडिफ्युजन नोटिसु जारी गर्न प्रहरीले पत्राचार गरेको छ। राई ग्यालक्सी टिभीका अध्यक्ष समेत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिए। कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो।

पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको हो।

यस मुद्दामा जिबी राई सहित १८ जना फरार छन्। उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि अन्य फरार भएका छन् ।

राई बिरुद्ध अरू सहकारीमार्फत् ठगी गरेको समेत आरोप छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन भएको उजुरी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ