मोरङ, पुस ११ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै
गरेको पैदल यात्री दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ खोटाङका २५ बर्षीय मिलन राईलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ८६ मिलिग्राम फेला पारी पक्राउ गरेको हो ।
२ नाल भरुवा बन्दुक सहित पक्राउ
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका- १ त्रिवेणी बनबाट भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेएको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय मौसम खिमदिम र समिर खिमदिम रहेका छन् । बिशेष सुचनाको आधारमा मंगलवार साँझ साढे ७ बजे प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई उक्त बनबाट भरुवा बन्दुक- २ नाल, भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरु, खुकुरी-१ थान, गेटिस (गुलेली)- १ थान, मारेको कालिज- १ वटा र मोबाईल १ थान सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।