प्रहरीले गोली हानेर भारतीय सार्प सुटरलाई पक्राउ गर्न सफल

प्रहरीले गोली हानेर भारतीय सार्प सुटरलाई पक्राउ गर्न सफल

  • बुधबार, पुस ११, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर पक्रन सफल भएको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेको बारा प्रहरीले जनाएको छ ।

गएराति आठ बजेबाराको विश्रामपुर गाँउपालिका—३ मा देखिएका उनलाई प्रहरीले पक्राउ गर्न लाग्दा भाग्न खोजेपछि खुट्टामा गोली हानिएको प्रहरी स्रोतले बतायो ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसमेत बरामद गरेको छ।

पक्राउ परेका सिंह बाराको बाल एकता बोर्डिङका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्यामा संलग्न रहेको प्रहरीले बताएको छ। गत कात्तिक १३ गते प्रिन्सिपल स्वर्णकारको हत्या भएको थियो। कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित मदरसा टोलमा उनीमाथि गोली प्रहार भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ