फारवेष्ट पशुपति कप : बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा

फारवेष्ट पशुपति कप : बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा

  • सोमवार, पुस ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

सुदूरपश्चिम, ९ पुस : कैलालीको धनगढीमा जारी फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा बिएस–१५ र सुदूरपश्चिम–११ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको खेलमा बिएस–१५ फुटबल एकेडेमीले सशस्त्र प्रहरी बल प्रदेश सात नम्बर बाहिनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बिएस–१५ का लागि विदेशी खेलाडी गुइला मेडिनले पहिलो हाफको १४औँ मिनेटमा गोल गरे । पहिलो हाफको २७औँ मिनेटमा सशस्त्र प्रहरीका लागि गोविन्द सिंहले गोलगर्दै खेललाई १–१ को बराबरी गरे । खेलको अतिरिक्त समयको अन्तिममा बिएस–१५ का विवेक सन्तोषीले गोलगर्दै आफ्नो टोलीलाई क्वाटरफाइनलमा पु¥याए । खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका सन्तोषीले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी सुदूरपश्चिम–११ भने बाई पाएर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । भारतीय क्लब सिएफसी कोलकाता अनुपस्थित भएको थियो । मङ्गलबार स्टार सिटी युवा क्लब, धनगढी र घोडाघोडी युवा क्लब, सुख्खडका बीच तथा पुनर्वास युनाइटेड र आयोजक फारवेष्ट पशुपति क्लबबीच क्वाटरफाइनलको खेल हुने छ ।

पशुपति युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा १५ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पुस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही रु १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी