एसीसी यू–१९ क्रिकेटको उपाधी बंगलादेशलाई

एसीसी यू–१९ क्रिकेटको उपाधी बंगलादेशलाई

  • सोमवार, पुस २, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

दुबई । बंगलादेशले एसीसी यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। आइतबार संयुक्त अरब इमिरेट्स ९यूएई० को दुबईमा भएको फाइनलमा घरेलु टोली यूएईलाई एक सय ९५ रनको फराकिलो अन्तरले हराउँदै बंगलादेशले पहिलो पटक उपाधि जितेको हो। बंगलादेशले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा ८७ रनमा समेटिएको थियो।

यूएईका ध्रुब परासरले सर्वाधिक २५ रन बनाए। उनले ३९ बलमा दुई चौका हिर्काए। अक्सत राईले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। यूएईले १४ रन अतिरिक्त रुपमा पाएको थियो। यूएईलाई धराशयी बनाउन बंगलादेशका मारुफ मृधा र रोहनत ब्रोसनले तीनरतीन विकेट लिए। यस्तै इकबाल हुसेन एमोन र शेख पइभेज जीबोनले दुईरदुई विकेट हात पारे।

यसअघि दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८२ रन बनाएको थियो। बंगलादेशका आसिकुर रहमान सिबलीले शतकीय पालि खेले। लामो समय क्रिजमा डटेका आसिकुरले एक सय ४९ बलमा एक छक्का र १२ चौकाको सहयोगमा एक सय २९ रन बनाए।

यस्तै चौधुर मोहमद रिजवानले ६०, अरिफुल इस्लामले ५० र कप्तान मोहफिजुर रहमान रविले २१ रनको योगदान दिए। यूएईका तीब्र गतिका बलर आयमान अहमदले चार विकेट लिए। यस्तै ओमिद रहमानले दुई तथा हार्दिक पाई र ध्रुब परासरले एकरएक विकेट हात पारे।

बंगलादेशले दोस्रो प्रयासमा उपाधि जितेको हो। यसअघि सन् २०१९ मा फाइनलमा स्थान बनाए पनि भारतसँग पाँच रनले स्तब्ध बनेको थियो। सेमिफाइनलमा बंगलादेशले बलियो टोली भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। यूएईले भने पाकिस्तानलाई स्तब्ध पारेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ