मलेशियामा आफ्नै साथीको हत्या गरेको आरोपमा अनिल शाह विमानस्थलबाट पक्राउ

मलेशियामा आफ्नै साथीको हत्या गरेको आरोपमा अनिल शाह विमानस्थलबाट पक्राउ

  • सोमवार, पुस २, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

मलेसियामा एउटै कम्पनीमा कार्यरत साथीको हत्या गरी नेपाल फर्किएका महोत्तरीका अनिल कुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले महोत्तरी गौशाला नगरपालिका ५ बस्ने २४ वर्षीय साहलाई पक्राउ गरेको एसपी कुमोध ढुंगेलले जानकारी दिए। शनिबार हिमालयन एयरलाइन्सबाट काठमाडौं आइपुगेका थिए ।

उनले मंसिर २५ गते झापा शिवसताक्षी नगरपालिका ३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्या गरेको आरोप छ। प्रधान विगत एक वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा काम गर्दै थिए।

मृतक प्रधानकी श्रीमतीले प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। साहले आफ्नो हुलिया परिवर्तन गरी नेपाल फर्किएको भन्ने सूचना प्रहरीले पाएको थियो। त्यस सूचनाको आधारमा खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ