लुम्बिनी भ्रमणमा उपसभामुख इन्दिरा राना: उपाध्यक्ष डा. लामा द्वारा मायादेवी मन्दिरमा स्वागत

लुम्बिनी भ्रमणमा उपसभामुख इन्दिरा राना: उपाध्यक्ष डा. लामा द्वारा मायादेवी मन्दिरमा स्वागत

  • आइतवार, पुस १, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

लुम्बिनी। बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको चाप बढिरहेका बेला प्रतिनिधि सभाको उपसभामुख इन्दिरा रानाले लुम्बिनीको भ्रमण गरेकी छन्। उपसभामुख राना लाई आइतबार संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत गरेका हुन् ।

भेटमा उपाध्यक्ष डा.लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकास, ऐतिहासिक सम्पदाहरूको संरक्षण सहितको लुम्बिनीलाई विश्व शान्तिको सहरको रुपमा विकास गर्न आफू लागी परेको बताएका हुन् ।

पछिल्लो समय लुम्बिनीमा पर्यटकको चहलपहल बढ्दै गएको छ। विगतका दुई वर्षको तुलनामा दोब्बर पर्यटक लुम्बिनी घुम्न आएका छन्। पर्यटकको संख्या बढेसँगै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित छन्।

कात्तिक, मंसिर, पुसमा लुम्बिनीमा पर्यटकको चाप बढी हुन्छ। तेस्रो मुलुक, भारत तथा आन्तरिक पर्यटकहरू लुम्बिनी आउने गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ