दाङमा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु

दाङमा सवारी दुर्घटनामा परी दुई युवाको मृत्यु

  • शनिबार, मंसिर ३०, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

बुटवल । टिपरले ठक्कर दिंदा दाङमा प्यूठानका दुई जना युवाको मृत्यु भएको छ । शुक्रबार राती घोराही उपमहानगरपालिका–१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते युवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

टिपर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षीय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी